Logo

बाख्राले जित्यो मेयरको चुनाव



अमेरीकाको वर्मोन्टमा फायर हैवन टाउनका मानिसहरुले एक बाख्रालाई मेयर पदमा प्रत्यासी बनाएर भोट दिएर जिताएका छन् । मेयर बनेको बाख्राको नाम लिन्कोन हो र उ मात्र ३ वर्षको भयो । लिन्कोन पुरै एक वर्षको लागि मेयर बनेका छन् । रमाइलो कुरा त अझै मेयर बाख्रो सरकारी काम र उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी हुनेछन् ।

मेयर पदको लागि भएको चुनावमा जम्मा १६ पाल्तु जनावरले भाग लिएका थिए, जसमा लिन्कोन बाख्राले १३ भोटको साथमा विजय प्राप्त गरेको थियो । दोस्रो नम्बरमा १० भोट ल्याएर सैम्मी नामको कुकुर विजयी भएको थियो । यी दुईको साथै बाकी सबैले अन्य उम्मेदवारलाई जनताले जम्मा ३० भोट दिएका थिए ।

फेयर हैवन टाउनमा लगभग २५ सय मानिसहरु बसोबास गर्दै आएका छन् र आफ्नो अमुल्य भोट दिएर जनावरलाई प्रतिनिधि छानेका छन् । उक्त टाउनमा कोही मानिस मेयर हुनेछैनन् । टाउनका मेनेजर जोसेफले गन्टरी मेयर बाख्राको सबै प्रशासनिक काम सम्हाल्नेछन् ।

उनले जनावरको लोकप्रियताको लागि चन्दा उठाउनेछन् । टाउन मेनेजरले स्थानियका तल्ला मानिसको लागि कोष राम्रोसँग जुटाउन सक्छन् र तल्लो स्तरबाट भोट पनि जुटाएका हुन् । उनीबाट धेरै भन्दा धेरै समाजिक कार्यको लागि चन्दाको बन्दोबस्त र संकलन हुनसक्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्