Logo

अनलाइनमा औला र कानको विक्री बढ्यो



बजारमा थरी थरीका गहना पाइन्छ । मानिसहरु मन परेको सामान खरिद गर्न सक्छन् । यदि तपाइँ अलिकति भनेपनि फरक देखिन चाहानुहुन्छ भने यस्ता गहनाको प्रयोग गर्न सक्नुहुन्छ । यसको डिजाइन यस्तो तरिकाले गरिएको छ जुन देखेर मासिन झुक्किन्छन् । हेर्दा शरीरको महत्वपुर्ण अंग जस्तै देखिन्छ । लगाएर हिडेमा कसैले अचानक देखेमा हेर्ने मान्छे डराएर एक पटक सोच्न थाल्छ ।

यो कहाँ पाइएला भनेर सोच्दै हुनुहुन्छ होला हैन । आवश्यकता हो वा खरिद गर्न इच्छा लागेमा अनलाइनबाट मगाउन सक्नुहुन्छ । यसमा सिलीकनको सहयोगले निर्माण प्रयोग गरीएको छ । यसमा विभिन्न छालाको रंगअनुसार बनाइएको हुन्छ । तपाइँको छालाको रंग अनुसार उस्तै रंगको कानको गहना खरिद गरेर लगाउन सकिन्छ ।

जर्मनीको राजधानी बर्लिनको गहना डिजाइनर नादजा बाटेनडर्फले शरीरको अंग जस्तो गहना बनाउने इजाजत लिएका थिए । उनलाई शरीरको भागका गहना बनाउन २ वर्ष लागेको थियो । हाल उनको शरीरको अन्य अंग जस्तै देखिने गहना बनाउने काम जारी छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्