Logo

मानिस जत्रै बन्दाकोबी



मानिस आफ्नो मेहेनतले जस्तो काममा पनि सफलता हासिल गर्न सक्छ । कडा परिश्रमले असम्भवलाई पनि सम्भव बनाइन्छ । हाल अष्ट्रेलियामाका एक दम्पत्ति रोजमैरी र उनका पति सीन केडमैनले मिहेनत गरेर संसारलाई चकित पारेका छन् ।

उनीहरुले दिन रात मेहेनत गरेर आफ्नो बगैचामा एक विशालकाय बन्दाकोबी उत्पादन गरेका छन् । आकारमा यो बन्दागोभी मानिस जति ठुलो छ । पछिल्लो वर्ष अप्रिल महिनामा दुवे जनाले टुरिज्म गेस्टहाउसमा विशालकाय तरकारी उब्जाउने बारेमा सोच बनाएका थिए ।

यस क्रममा दुवै मिलेर ९ महिनामा लगातार तरकारीको हेरचाह गरिरहेका छन् । विरुवालाई समय–समयमा पानी दिई राख्ने र गोडमेल गरीराख्नु पर्थ्यो । बिरुवालाई बचाउनको लागि उचित प्रबन्ध गरेर आएका थिए । शाल भएको विशालकाय बन्दा गोभी उनीहरुको मेहोनतको फल हो । उनीहरुले गरेर प्रयासलाई मौसमले पनि निकै साथ दिएको थियो । त्यति ठुलो बन्दागोभी खानलाई एक परिवारलाई २ हप्ता लाग्ने गर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्