Logo

कोरोना रोक्न मास्कको प्रयोग कति सुरक्षित ? (भिडियोसहित)



साउन २२, काठमाण्डौ । मास्क धुवा धुलोबाट बँच्न लगाइन्थ्यो । कोरोना भाइरस फैलिएसँगै मास्कको प्रयोग यही भाइरसबाट बँच्नका लागि विश्वभरका मानिसले लगाउन थाले । बजारमा धेरै प्रकारका मास्क पाइन्छन् ।

पछिल्लो समय मास्क कोरोना भाइरसको बिरूद्ध लडाईमा अनुहारको प्रतीक बनेको छ । सरकारले नै कोरोना संक्रमणबाट बच्न मास्क लगाउन सिफारिस गरिएको छ । त्यति मात्रै होइन, विश्व स्वास्थ्य संगठनले पनि कोरोनाबाट बँच्न मास्कको प्रयोग गर्न सुझाब दिइरहेको छ । कोरोना भाइरसबाट जोगिन एन नाइन्टि फाइभ र मेडिकल मास्कहरूको प्रयोग हुने गरेको छ । त्यसबाहेक अरुबेला धुवाँ धुलोबाट जोगिन प्रयोग गरिने मास्क पनि प्रयोग गरेको पाइन्छ ।

विशेषज्ञहरुका अनुसार एन नाइन्टि फाइभ सबै भन्दा पहिचान योग्य र प्रभावकारी मास्क रहेको छ । यसको नामको अर्थ यसले कम्तिमा ९५ प्रतिशत साना कणहरू रोक्न सक्छ । मास्कहरुले ६० देखि ८० माइक्रोनसम्मका साना कणहरूको फिल्टर गर्दछन । मास्क जब राम्रोसँग लगाईन्छ यसले कोरोना भाइरसको फैलावट रोक्ने जनस्वास्थ्य वैज्ञानिक डा.समिरमणि दीक्षित बताउँछन् ।

मुख्य गरि जब कसैले खोक्छ वा हाछ्ँयु गर्छ, तब जुनसुकै मास्कले त्यसबाट आउने जीवाणुहरु रोक्ने गर्छ । नाकको माथिपट्टिबाट चिउँडोसम्म छोपिने गरी मास्क लगाउनाले कोरोना भाईरस रोक्ने दीक्षित बताउँछन् ।

सर्जिकल माक्स एन नाइन्टि फाइभ, केएन नाइन्टि फाइभ जस्ता मेडिकल माक्सहरुको अभाबका कारण मानिसहरु कपडाको माक्स प्रयोग गर्न बाध्य बनेका छन् । मेडिकल मास्कको अभाव र आपूर्तिमा समस्या हुँदा धेरैले घरेलु मास्क लगाउने गर्छन् । घरेलु मास्कले कहिलेकाँही मेडिकल मास्कले गर्ने जस्तै तरीकाको सुरक्षा गर्न सक्छ । तर, अनुहार छोप्न केही पनि नहुुनुभन्दा यो लगाउनु पनि राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्