Logo

के योगी आदित्यनाथ अयोध्याको मस्जिद उद्घाटनमा सहभागी होलान् ?



एजेन्सी, २३ साउन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार राम मन्दिर उदघाटनमा सहभागी भए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको उद्घाटनमा सहभागी भई उक्त दिनलाई ऐतिहासिक उपलब्धिको दिन भने । राम मन्दिर त उद्घाटन भयो तर अदालतको आदेश बमोजिम बाबरी मस्जिद उद्घाटन हुन बाँकी नै छ ।

अयोध्यामा मस्जिद उद्घाटमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ सहभागी होलान् ? हिन्दु धर्मका अनुयायी मात्र नभई योगी पनि भएकाले उनी सहभागी नहुने जवाफ आएको छ । के तपाईं उत्तर प्रदेशको मुख्यमन्त्रीको हैसियतले मस्जिद उद्घाटनमा सहभागी बन्नुहुनेछ ? यो प्रश्न बुधबार एबीपी न्युज च्यानलले योगीलाई सोधेको थियो । उनले आफू उत्तर प्रदेशको मुख्यमन्त्री भएकाले सबै धर्म सम्प्रदायप्रति आग्रह पूर्वाग्रह छैन तर आफू योगी भएकाले जान्नँ ।

योगीले हिन्दु भएकाले आफ्नो विधि अनुसार चल्ने अधिकार भएको जवाफ दिए । तर, आफूलाई मस्जिद उदघाटनमा कसैले डाक्नेमा विश्वास नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्