Logo

सुनको भाउले रेकर्ड तोड्यो प्रतितोला १ लाख ३५ सय



काठमाडौ, २३ साउन । नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ । कोरोना महामारी फैलिएसँगै सुनको मुल्य नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको हो ।

बिहीबार प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको सुनको मुल्य शुक्रबार १ हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदी पनि शुक्रबार तोलामा ६० रुपैयाँले बढेर नयाँ रेर्कड राखेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्