Logo

मान्छे नै झुक्किने खालको आफ्नै मूर्ति हेर्न भक्तपुर पुगे मदनकृष्ण र हरिवंश



काठमाडौं, २३ साउन । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सुने कि उनीहरुको मुर्ति बनाइएको छ । मुर्ति मान्छे नै झुक्किने खालको हुबहु छ । निकै उत्सुकताका साथ दुवैजना भक्तपुर पुगे ।

जब उनीहरुले मूर्ति देखे तब छक्क परे । मदनबहादुर र हरिबहादुरको एकदम मान्छे नै झुक्किने खालका दुईवटा मूर्ति थिए । मूर्तिकाल थिए भक्तपुरका बिकल प्रजापती ।

मदनकृष्ण र हरिवंशले बिकलसँग बसेर तस्बिर पनि खिचाए । उनीहरु मदनबहादुर र हरिबहादुरको मूर्ति नजिकै बसेर दंग पर्दै तस्बिर खिचाए ।-Photo Source: Haribansha Acharya Twitter Page



प्रतिक्रिया दिनुहोस्