Logo

श्रीलंकामा राजापाक्षे दाजुभाईको दललाई दुई तिहाई



एजेन्सी, २३ साउन । श्रीलंकामा सत्तामा रहेका राजापाक्षे दाजुभाईले संसदीय चुनावमा दुई तिहाईको जित हासिल गरेका छन् । आज प्राप्त मतपरिणाम अनुसार राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका दाजु महीन्द्रा राजापाक्षेको दलले दुई तिहाईको जित हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजापाक्षे दाजुभाईको दल श्रीलंका पिपल्स फ्रन्टले २२५ सिटको संसदमा १४५ स्थानमा जित हासिल गरेको छ । राजापाक्षेसँग निट दलले पाँच सिट जितेको छ । श्रीलंकामा राजापाक्षे परिवारले दुई दशक श्रीलंकाको राजनीतिमा प्रभाव जमाउँदै अएको छ । सन् २००५ देखि २०१५ सम्म महीन्द्र राजापाक्षे राष्ट्रपति बनेका थिए ।

श्रीलंकाको प्रमुख प्रतिपक्षी रनिल विक्रमासिंघेको दलले नराम्रो हार व्यहोरेको छ । उनी स्वयंले चुनाव हारेका छन् र १०६ सिटमा चुनाव लडेकोमा एकमात्र सिट जितेको छ । अब श्रीलंकामा पूर्व राष्ट्रपति रनसिंघे प्रेमदासाका छोराको दल प्रमुख प्रतिपक्षी दल बनेको छ ।



प्रतिक्रिया दिनुहोस्