Logo

दशैतिहार लगायत यो वर्ष चाडपर्व घरमै मनाउनुपर्ने (मापदण्डसहित)



काठमाडौं, २३ साउन । सरकारले यो वर्षको चाडपर्व घरमै मात्र मनाउनु पर्ने गरी मापदण्ड तयार गरेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको हो ।

नजिक आएका प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुमा कोभिड–१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व मनाउन स्वास्थ्य मन्त्रालयले सजगता अपनाउन समेत आग्रह गरेको छ ।  मापदण्डमा चाडपर्व तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख गरिएको छ । मापदण्डमा सम्भव भएसम्म एकैघरका परिवारको सदस्यहरु मात्रै बसेर चाडवाड तथा पर्वहरु मनाउन भनिएको छ ।

सकेसम्म आफ्नै घरमा बस्ने यदि निस्कन परेमा अनिवार्य रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ । त्यस्तै धार्मिक स्थलहरुमा धेरैमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्नसमेत भनिएको छ ।

कुनै पनि धार्मिक स्थलमा कार्यक्रम गर्दा व्यवस्थापनका लागि प्रशस्त स्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारीको व्यवस्था गर्ने र कार्यक्रम स्थलको हरेक दिन २ पटक डिस्इन्फेक्ट गरी दैनिक सरसफाई गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्