Logo

आज उपत्यकासहित देशभर सयौंको संख्यामा कोरोना संक्रमित थपिए, थप व्यक्तिको मृत्यु



काठमाडौं, २३ साउन । देशभर ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकासहित देशभर तीन सयभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । सबैभन्दा बढी संक्रमित वीरगञ्जमा थपिएका छन् । यसको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे नियमित प्रेस ब्रिफिङमा दिनेछ ।

विश्वस्त स्रोतका अनुसार आज वीरगञ्ज र काठमाडौं उपत्यकामा संक्रमितको संख्याले रेकर्ड तोडेको छ । मुख्य शहरहरुमा संक्रमितको संख्या थपिएपछि त्रास बढेको छ ।

आज थप दुईजना संक्रमितको मृत्यु भएको जानकारी आइसकेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित थपिएपछि त्रास बढेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot