Logo

काठमाडौं उपत्यकाका तीन जिल्ला आंशिक लकडाउन



साउन २३, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो ।

अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने समितिको भनाई छ । जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिए ।

यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काठमाडौं प्रवेशलााई कडाई गर्ने, भीडभाड हुने स्थानमा सूचना जारी गर्ने, स्थानीय तहलाई क्वारेन्टाइन बढाउन आग्रह गर्ने निर्णय गरेको राजबैद्यले बताए । उनले काठमाडौं उपत्यकामा आइशोलेशन बढाउन सिसिएमीलाई सिफारिस गर्ने निर्णय पनि गरेको बताएका छन् ।

बैठकले काठमााडौंभित्रका चाडपर्व सुरक्षित तवरले मनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमित बढ्दै गएपछि सरकारले उपत्यकामा सवारी साधानमा जोर–बिजोर प्रणाली लागू गरेको छ । यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ ।



प्रतिक्रिया दिनुहोस्