Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, २३ साउन । जबरजस्ती करणी गरेको अभियोगमा प्रभुदयाल मिश्र पक्राउ परेका छन् । रुपन्देहीको मायादेवीका मिश्रलाई १५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । किशोरीलाई जबरजस्ती करणी गरेका मिश्रलाई ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै उदयपुरका चौदण्डीगढी सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेका कुँवरलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्