Logo

ब्राउनसुगर सहित पक्राउ



झापा, २३ साउन । अवैध लागूऔषध ब्राउनसुगर सहित किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मेचीनगर गैरीगाउँबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोडका किशोर पक्राउ परेका छन् ।

लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्