Logo

प्रहरीलाई घुस खुवाउन खोज्दा…



काठमाडौं, २३ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्न सवारी चालक अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुङ्गामा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन सितापाईलाका महर्जन पक्राउ परेका हुन् ।

धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्