Logo

सोधपुछको लागि भाईको साथमा पुगिन रिया



एजेन्सी, २३ साउन । सुशान्त सिंह राजपुतको निधनका विषयमा प्रवर्तन निर्देशानलयले आज अभिनेत्री रिया चक्रवर्तीसँग सोधपुछ गरिरहेको छ । यसको लागि रिया पुगिसकेकी छिन् । अनुसन्धन कार्यालय (इडी) पुगेको रियाका केही तस्वीर बाहिर आएका छन् जसमा रिया भाइको साथमा कार्यालय भित्र पसेकी छिन् । रियाले निलो रंगको कुर्ता लगाएकी छिन् भने अनुहारमा माक्स लगाएको देखिन्छ । तस्वीरमा रियाको भाईले उनलाई सम्हालेर कार्यालय भित्र लगेको देख्न सकिन्छ ।

यो भन्दा पहिले रियाले सर्वोच्च अदालतमा परेको मुद्दालाई फैसलासम्म रोक्न आग्रह गरेकी थिइन् । तर उनको आग्रह सर्वोच्चले नमानेर हाजिर हुन आदेश दिएको हो । त्यसपछि रिया आज पहिलो पटक हाजिर भएकी हुन् । रियाको वकिल सतीशले ‘रिया चक्रवर्ती एक कानुनको पालना गर्ने नागरिक हुन् त्यसैले समयमै हाजिर भइन् ।’

रियाको विरुद्ध मनी लन्ड्रिंग अभियोगमा मुद्दा दर्ता भएको छ । यसै क्रममा सोधपुछको लागि रियालाई बोलाएको हो । शनिबार सुशान्तको साथी सिद्धार्थ पिठानी, उनको हाउस म्यानेजर सैमुअल मिरान्डा, चार्टड एकाउन्टेन सुदिप श्रीधर र रियाको सीएलाई पनि सोधपुछको लागि बोलाएको थियो ।

अहिले सुशान्तको केसको अनुसन्धान सीबिआईले गरीरहेको छ । सीबिआईले सुशान्तको पिता केके सिंहले रियाको परिवार ६ जना बिरुद्ध मुद्दा दायर भएको मुद्दा हेर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्