Logo

४ पटक गर्भपात भएपछि हैरान, गाईको कारण आयो खुशी



कुनै पनि महिला आमा बन्दा जस्तो खुशी अरु कुनै समयमा हुन सक्दैनन् । एउटी आमाले नौ महिना सम्म आफ्नो गर्भमा बोकेर राखेकी महिलाको कुनै कारणले गर्भपात भएमा त्यो पीडा सहन गाह्रो हुन्छ । आज हामी एक यस्ती महिलाको बारेमा चर्चा गर्न चाहान्छौ, जसको ४ पटक गर्भपात हुँदा पीडा भोगेकी थिइन् ।

नार्थ वेल्स कानवी टाउनमा बस्ने लारी जोन्स हुन् । उनले २०११ मा पहिलो छोराको जन्म दिइन् । यसपछि फेरी दोस्रो पटक गर्भवती भइन् । पहिलो बच्चाको जन्म भएपछि उनलाई धेरै समस्या आउन थाल्यो । कैयौपटक गर्भपात भयो । गर्भवती हुँदा बित्तिकै कहिले कमजोर हुने त कहिले आश्चर्यजनक समस्याहरु आउन थाले । यस्तै कारणले उनको ४ पटक गर्भपात भयो । उपचार पछि पनि उनको गर्भ अडिन सकेन ।

एक दिन लारीले टिभीमा गाई गर्भवती र डेलिवरीको बारेमा समाचार हेर्दै थिइन् । उक्त कार्यक्रममा स्वस्थ्व बच्चाको लागि आयोडिन र थायाराक्सिन पर्याप्त हुनु धेरै आवश्यक भएको थाहा पाइन् । गाईलाई शरीरमा यसको कमी हुँदा धेरै समस्या भोग्नु पर्ने निष्कर्ष पाएपछि उनले पनि इन्टरनेटमा खोज्न सुरु गरिन् ।

लारीले आयोडिन भएको नुनको प्रयोग गर्न थालेकी छिन् । गर्भधारण गरेपछि उनले हप्तामा थायराक्सिन पनि लिएकी छिन् । यसरी पछि स्वस्थ बच्चाको जन्म दिइन् । गाईको कारण लारीले दुखबाट छुटकारा पाएकी छिन् । अब उनले सबै महिलाहरु समक्ष आफ्नो अनुभव पु¥याउन चाहेकी छिन् ताकी आफुले जस्तो दुख अरुलाई नहोस् र समयमा जानकारी पाएमा कसैको गर्भपात नहोस् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्