Logo

मध्यरातबाट यी स्थानहरु सिल



काठमाडौ, २३ साउन । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्यामा भारी बृद्धि भएको छ । काठमाडौं र पर्सामा कोरोना संक्रमण ह्वात्तै बढेको हो । उपत्यकामा दैनिक कोरोना संक्रमितको सख्या बढ्न थालेपछि मानिसहरुको भिड लाग्ने स्थानहरु मध्य रातबाट सिल हुने भएको छ ।

उपत्यकाको प्रमुख व्यापारिक केन्द्रहरु असन, इन्द्रचोक, टेकु र न्युरोड आज मध्ये रातबाट सिल गरिने भएको छ । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अति जोखिम तथा संक्रमित भेटिएका क्षेत्रहरुमा राति १२ बजेबाट सिल गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्