Logo

बामदेवले भने-लगानी बोर्डका प्रमुख कार्यकारी सुशील भट्ट मेरो जोडमा नियुक्त भएका होइनन्



काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट आफ्नो जोडबलमा नियुक्त नभएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् भट्टको नियुक्तिका लागि आफूले सिफारिश नगरेको बताएका हुन् ।

गौतमले सयलाई आफ्नो सरोकारको विषय नभएको बताए । गौतमले आफू नेकपाको कुनै गुटमा नभएको र बैठकहरुमा बोलाउँदा भने जानेगरेको सुनाए । नेकपाको अन्तरविरोध हल हुननसक्दा तीनवटा विचार समुह बनेको र आफू कुनैपनि समुहमा नभएको समेत बताए ।
गौतमले भनेका छन्ः

१) लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ ।

तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।

२) अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समुह वनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाऊदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।

३) ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाहरुले वोलाउदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क। ओलीकै अगाडि वहांलाई गंभीर आलोचना गर्ने गरेको छु। क । प्रचन्डलाई पनि वहाकै अगाडि वहाको आलोचना गर्ने गरेको छु।

पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेला लाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुट संग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)



प्रतिक्रिया दिनुहोस्