Logo

एकतापछिको पहिलो बैठकमा व्यस्त जसपा, केके हुँदैछ छलफल ?



साउन २३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकिकरण पछी बनेको जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारीणी समितिको पहिलो बैठक बसेको हो । बैठकमा विभिन्न एजेन्डाहरु तय गरिएको थियो । तर बैठक बसेको ३ तीन भाईसक्दा समेत निर्धारित एजेन्डामा छलफल हुन सकेको छैन ।

बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको थियो । पार्टी एकतापछि पनि विवादित रहेका विभिन्न विषयलाई एजेण्डा बनाइएको थियो । विवादितमध्ये शीर्ष नेताहरुलाई कुन पद दिने वा कसलाई कुन वरियतामा राख्ने भन्ने किचलो कायमै छ । बैठकमा यस विषयमा अहिलेसम्म छलफल हुन सकेको छैन । कसैको व्यक्तिगत पदका लागि बैठकमा छलफल पनि नहुने नेता मनिष सुमनले बताएका छन् ।

एकता हूँदा असन्तुष्ट भनिएका नेताहरु अनिलकुमार झा र राजकिशोर यादवको माग भने सम्बोधन भइसकेको नेताहरुले दावी गरेका छन् । बैठकको पहिलो दिन नै सरकारको कामकारबाही बारे समिक्षा भएको थियो । पछील्लो समय सरकारले देखाएको व्यबहारले देश झन संकटमा फस्दै गएको जसपाको धारणा छ ।

कोरोना न्युनिकरणको लागि उचित कदम चाल्नुपर्छ भनेर बिरोध गर्नेलाई बिरोध गर्न नदिएको तर ओलीले पद जोगाउन आसेपासे उतार्दा भने केही नहुने भन्दै सरकारको कामप्रती असन्तुस्टी रहेको अर्का नेता केशव झाले बताए ।

तत्कालिन राजपा र समाजवादीले लामो समय एकताको प्रयास गर्दा पनि सफल भएको थिएन । तर प्रधानमन्त्री केपी ओलीले दल विभाजन गर्न सहज हुने गरी अध्यायदेश ल्याएपछि दुई दल एक ठाउँमा उभिएका थिए । र रातारात वैशाख १० गते एकता गर्ने सहमति गरेका थिए । सहमतिअनुसार एकता प्रक्रिया पूरा गरेपछि असार २८ गते निर्वाचन आयोगले नयाँ दल जनता समाजवादीपार्टी दर्ता भएको प्रमाणपत्र दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्