Logo

प्रधानमन्त्री ओलीको कोभिड-१९ को नमुना परीक्षण नतिजा नेगेटिभ



काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । उनको नमुना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, सल्लाहकारहरु विष्णु रिमाल, डा. राजन भट्टराई, सुर्य थापा र इन्द्र भण्डारी गरी सात जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताए ।

प्रधानमन्त्री ओलीको सम्पर्कमा पुगेका प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पत्ता लागेपछि उनीहरुको नमुना परीक्षण गरिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम