Logo

भारतको केरलामा बिमान दुर्घटना पाइलटको मृत्यु,दुई यात्री घाईते



नयादिल्ली, २४ साउन । एयर इन्डिया एक्सप्रेसको बिमान भारतीय दक्षिणी शहर केरलामा दुर्घटनाग्रस्त भएको छ । दुवईबाट केरलाको बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएको थियो ।

उक्त बिमानमा दुई सय यात्री रहेका थिए । बिमान दुर्घटना हुँदा क्षती भएको बिवरण अहिले सम्म प्राप्त हुन सकेको छैन । बर्षाको कारण त्यहा अहिले बाढी र पहिरो जाने क्रम जारी रहेकाले उद्धार कार्यमा समेत कठिनाई भएको भारतीय सचार माध्यमले जनाएका छन ।उक्त दुर्घटनामा बिमान चालकको मृत्यु भएको छ भने दुईजना यात्री घाईते भएका खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्