Logo

लोक गायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित



न्युर्योक, २४ साउन । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन ।

उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका खबर आजको समाचार पत्रले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्