Logo

रियल मेड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी, २४ साउन । युरोपको शक्तिशाली फुटबल टोली रियल मेड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्नमै रोकिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित हुँदै रियल सेमिक्वाटरमै नकआउट भएको हो ।

सिटीले घरेलु मैदानमा रियलमाथि २-१ को जित निकाल्यो । यसअघि रियलको मैदानमा सिटीले २-१ कै नतिजा निकालेको थियो । दबाबमा रहेको रियलमाथि स्टरलिङले नवौं मिनेटमा गोल गरेका थिए । बेन्जेमेले रियलका लागि गोल फर्काएपनि जेससले ६८ औं मिनेटमा गोल गरेर जीन सुनिश्चित गरेका थिए । रियल कम्तिमा २-१ को नतिजा निकाल्नुपर्ने दबाबमा थियो ।

जितपछि सिटीले सेमिफाइनमा प्रवेश गर्न लियोनसँग खेल्नेछ । गएराति नै सम्पन्न खेलमा लियोन जुभेन्टससँग २-१ ले पराजित भएपछि यसअघिको खेलमा १-० को जित निकालेका कारण अवे गोलका आधारमा जित निकाल्न सकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम