Logo

रुस र चीनले आफूलाई राष्ट्रपति पुननिर्वाचित बन्न नदिन लागेको ट्रम्पको विश्वास



एजेन्सी, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २०१६ को निर्वाचनमा रुसको सहयोगमा जितेको चर्चा अझै सेलाएको छैन । उनलाई रुसले अमेरिकी राष्ट्रपति चुनावमा सहयोग गरेर जिताएको विषयमा अनुसन्धान पनि भयो । अब फेरि अमेरिकामा यो विषय जोडतोडका साथ उठेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि निर्वाचित नहोस् भन्नेमा रुस रहेको बताएका छन् । शुक्रबार बोल्दै उनले रुसका लागि आफू निकै कठिन सावित हुने भएकाले त्यस्तो चाहना उसले राखेको तर्क गरे । चीन र इरान पनि आफू पुनः निर्वाचित नहोस् भन्नेमा रहेको तर्क गरे ।

अमेरिकी राष्ट्रिय प्रतिगुप्तचर र सुरक्षा केन्द्रका निर्देशक विलियम इभानिनाले रुसले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी जोसेफ बिडेनलाई बदनाम गर्न खोजेको रिपोर्ट सार्वजनिक भइरहँदा ट्रम्पको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । यसपटकको अमेरिकी चुनावमा पनि रुस र चीनको विषय जोडतोडले उठ्ने देखिएको छ । चुनाव आउन एक सय दिन बाँकी रहँदा चीन र अमेरिकासम्बन्धी मुद्दा उठ्न थालेको हो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्