Logo

केपी ओलीबाट नै अर्गेल्याँई भएको देखियो : जनक शाह (भिडिओसहित)



काठमाडौं, २४ साउन । अर्थविद् तथा योजनाकार जनक शाहले वर्तमान सरकारले खासै उल्लेखनीय सुरुवात गर्न नसकेको र धेरै कारणले सरकार चुकेको गम्भीर टिप्पणी गरेका छन् । सत्तारुढ नेकपाले राम्रोसँग सरकार चलाउन नसकेको उनको आरोप थियो । उनले नेकपामा एक किसिमले सरकार चलाउनेले पार्टीसँग सल्लाह नगरेको र पार्टीले पनि सरकारलाई सहयोग नगरेकोजस्तो देखिएपनि अर्गेल्याँई चाहीँ सरकार सञ्चालन गर्नेबाट भएको दाबी गरे । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्