Logo

क्लासिक टेकद्धारा ‘रिफर’ अफर सार्वजनिक



काठमाडौं, २४ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘रिफर’ अफर सार्वजनिक गरेको छ । विद्यमान प्रयोगकर्ताले अर्को व्यक्तिलाई कम्पनीको इन्टरनेट प्रयोग गर्न रिफर गर्दा कम्पनीले दुई महिनाको सेवा निःशूल्क उपलब्ध गराउने भएको हो ।

यस योजनाअन्तर्गत हाल कम्पनीकै इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ जडानका लागि रिफर गर्न सक्नेछन् । रिफर गरिएको व्यक्तिले एक वर्षको लागि इन्टरनेट जडान गरेको खण्डमा कम्पनीले रिफर गर्ने व्यक्तिलाई दुई महिनासम्म इन्टरनेट सेवा निःशूल्क उपलब्ध गराउनेछ ।

एन्ड्रोइडका लागि गूगल प्ले स्टाेर र आईफोनका लागि एप स्टाेरबाट क्लासिक टेकको मोबाइल एप डाउनलोड गरी कम्पनीको रिफर अफरमा सहभागी हुन सकिनेछ ।
रिफर गर्नका लागि सुरुमा कम्पनीले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी क्लासिक टेकको मोबाइल एपमा लग ईन गर्नुहोस् । लग ईन गरेसँगै त्यहाँ रहेको रिफर नामक ‘ट्याब’ देख्न सक्नुहुनेछ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।

यससँगै नयाँ पेज खुल्नेछ । पेजमा रिफर गर्ने व्यक्तिको विवरण भर्नुहोस् र अन्त्यमा रहेको ‘सबमिट’ बटनमा क्लिक गर्नुहोस् । यसरी रिफर गर्दा रिफर गरिएको व्यक्तिले इन्टरनेट जोडेको खण्डमा दुई महिनासम्म निःशूल्क इन्टरनेट सेवाका साथै प्रभु टीभी समेत निःशूल्क प्रयोग गर्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्