Logo

रुसमा भेट्टियो रङ्गिन हीरा



एजेन्सी, २४ साउन । रुसमा रङ्गिन हीरा भेट्टिएको छ । गाढा पहेंलो र खैरो रङ्गको हीरो प्राकृतिक रुपमै भेटिएको हो ।

समाचार संस्था तासका अनुसार रुसी हिरा उत्पादक अलरोसाले २३६ क्यारटको रङ्गिन हीरा भेटेको शुक्रबार जानकारी दिएको हो । उत्तरी याकुटियामा भेटिएको हीरा अहिलेसम्म रुसमा भेटिएकोमध्ये ठुलो हो । अलरोसाका अनुसार हीरा १२ करोड देखि २३ करोड वर्ष पुरानो हो ।

यस्तो पृथक रङ्गको हीराबारे अध्ययन गरी विक्रीमा लानेबारे निर्णय हुने अलरोसाले जनाएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्