Logo

अभिषेक बच्चन कोरोना संक्रमणमुक्त



एजेन्सी, २४ साउन । बलिउड नायक अभिषेक बच्चन कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनले आज दिउँसो आफू संक्रमणमुक्त भएको खुलाएका छन् ।

ट्वीटरमा अपरान्ह अभिषेकले आफू संक्रमणमुक्त भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले शुभचिन्तक र अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कोरोना संक्रमण भएपछि तीन हप्ता अभिषेक अस्पताल बसेका थिए । उनका पिता अमिताभ बच्चन, पत्नी ऐश्वर्या राय र छोरी आराध्य संक्रमणमुक्त भइसकेका छन् । अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्