Logo

शनिबार ३७८ कोरोना संक्रमित थपिए



काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । आज ४ सय ९९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम