Logo

पाटन दरबारमा सरकारविरुद्व नाटक मञ्चन (भिडियोसहित)



साउन २४, काठमाण्डौ । ललितपुरको पाटन दरबार क्षेत्रमा आज फरक दृश्य देखियो । दृश्यमा विभिन्न घटनालाई लक्षित गरिएको अभिनय थियो । विरोधमा उत्रिनेहरुले भष्ट्राचार सम्बन्धीे प्रतिस्थापन कला विद्रोह गरेको बताएका थिए । गाइजात्रा सप्ताह चलिरहेको अवसरमा सरकारलाई दबाब दिन अभिनयको माध्यमबाट कटाक्ष गरिएको हो । अभिनयमा सरकार संचालनका दृश्यदेखि निर्मला पन्तको हत्याकाण्डसम्म समेटिएको थियो ।

त्यसैगरी वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र त्यसमा जोडिएको ओम्नी समुहलाई पनि नाटकमार्फत कटाक्ष गरिएको थियो । त्यसैगरी रुकुममा भएको नवराज विकलगायतको हत्याकाण्ड पनि नाटकमा प्रस्तुत गरिएको थियो । सरकारले जनताको चाहनाअनुसार काम नगरेको र अन्यायमा परेकालाई न्याय दिन नसकेकाले विरोध प्रदर्शन गरिएको सहभागिले बताएका छन् ।

सरकारले गरेका गल्ती र कमजोरी ठीक छैन भन्ने सन्देश दिनका लागि नाटकका माध्यमबाट देखाइएको हो । सरकार गरिब जनतको पक्षमा नभएर भ्रष्ट, दलाल र पुँजीपतिको पक्षमा देखिएको सहभागिको आरोप छ ।

सरकारले गरेका कामप्रति जनता सन्तुष्ट छैनन् । विभिन्न संघ संस्थाहरुले निरन्तर विरोधका लागि दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । तर सरकार भने कानमा तेल हालेर बसेको अनुभूति भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्