Logo

सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना



सिन्धुपाल्चोक, साउन २५ । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं  ५ कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन र भदौ १५ देखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।

उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको जनाइएको छ ।

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशाला र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए।रासस



प्रतिक्रिया दिनुहोस्