Logo

भारतीय सेनाले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग दिनुको अर्थ



काठमाडौं, २५ साउन । भारतीय सेनाले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जँगी अड्डामै पुगी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाले उपहारस्वरुप पठाएको भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेना र भारतीय सेनाबीच सुमधुर सम्बन्ध रहँदै आएको छ । दुई देशका प्रधानसेनापति एक अर्को देशका मानार्थ प्रधानसेनापति हुने परम्परा छ । जोखिमको बखत भारतीय सेनाले नेपाली सेनालाई भ्यान्टिलेटर उपहारस्वरुप पठाएर दुई देशका सेनाको तहमा घनिष्ठ सम्बन्ध रहेको सन्देश दिन खोजेको देखिन्छ ।

भारतीय राजदूतावासले कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि सेनालाई भेन्टिलेटर हस्तान्तरण गरेको जनाएको छ । दूतावासले भनेका छ, ‘विद्यमान विश्वव्यापी महामारी कोभिड १९ विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दश वटा भेन्टिेलेनर उपहार स्वरुप प्रदान गरेको छ ।’

भारतीय दूतावासका अनुसार मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशको सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगबारे समेत उल्लेख गरिएको छ ।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले कोभिड-१९ विरुद्धको लडाईंमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग गर्न भारत प्रतिवद्ध रहेको बताए ।

एडभान्स्ड इन्भेसिपभ नन् इन्भेसिभ रेस्पिरेटरी सपोर्टका लागि भेन्टिलेटर व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्