Logo

घेराबन्दीमा चीन



विपिन देवः मानवजातीले सबभन्दा त्रासदीको अवस्था कोरोनाको कहरले गर्दा महसुस गरिरहेको छ । अन्तर्राष्ट्रिय संघ र संस्थाहरूको सामिप्यता र समवन्यले मानवीय समस्याहरूलाई पक्कै नै राहत दिन सक्दछ । तर वैश्वीक राजनीतिले गर्दा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको अवस्था कमजोर देखिएको छ । कोरोनाको कहरमा संसारको अपेक्षा अन्र्तराष्ट्रिय शक्तिहरूको वीच सहकार्यको अपेक्षा थियो तर बदलिदो परिवेशमा एकातिर कोरोनाले गरिवी, वेरोजगारी, मानसिक तनाव, समाजिक विखंडन सृजना गरिरहेको छ भने अर्को तर्फ विश्व राजनीतिपूर्ण रुपमा प्रजातान्त्रीक र साम्यवादी कित्तामा ध्रुवीकृत भइरहेको छ । “साउथ चाइना सी”मा सारा शक्तिशाली राष्ट्रहरूको सैनीक र सामरीक पर्दशन, हकंङ्गमा तनाव, ताइवानको विद्रोह, भारत र चीनको सीमा विवाद, अमेरिका र चीन एक अर्काको कुटनीतिक फिर्ता जस्ता परिघटनाहरूले विश्व राजनीतिलाई चित्रीत गर्दछ । यसै परिवेश र परिस्थितीमा जुलाईमा भएको यूरोपीयन यूनियन र भारत विच भएको सम्मेलनले अमेरिकाले लिएको नीतिलाई एकातर्फ अनुमोदि तगर्दछ भने अर्को तर्फ भारतले लिएको खुला बजारको नीतिलाई युरोपेली यूनीयनले सहकार्य र सहयोगको प्रतिवद्धता समेत जाहेर गरेको छ ।

यूरोपेली यूनियन भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार हो । १०० विलियन अमेरिकी डलर भन्दा बढी व्यापार भएको भारत र यूरोपेली यूनियन विच व्यापारीक घाटा पनि संतुलित छ । दुई महिना अघि यूरोपेली यूनियन र चीन विच भएको सम्मेलनमा साझा प्रतिवद्धता र समझदारी समेत भएको थिएन । यूरोपेली यूनियन संसारको प्रविधिको केन्द्र नै हो । आफ्ना लगानी र प्रविधिलाई प्रचूर मात्रामा प्रयोग र उपयोग गर्न भविष्यमा सर्वाधिक जनसंख्या भएको मुलुक भारत उनीहरूको रोजाईमा पर्न गएको छ । यूरोपेली यूनीयनको विभिन्न मुलुकहरू मध्ये जर्मनीको चीनसंग व्यापारिक कारोवार अधिक नै थियो । सरकारी दस्तावेज अनुसार सन् २०१६ मा जर्मनीको सबभन्दा ठुलो व्यापारीक साझेदार चीन नै थियो । राष्ट्रपति सीको व्यापारीक नीति र सामरीक रणनीतिले गर्दा प्रजातन्त्र, मानव अधिकार, खुला समाज, स्वतन्त्र प्रेश भएका मुलुकहरू विस्तारै विस्तारै चीनप्रति मोहभंग हु‘दै गयो । चीनको उदय पछाडि अमेरिका र यूरोपेली यूनियनको भूमिका महत्वपूर्ण छ ।

अपेक्षाकृत अमेरिकी र यूरोपेली समाज चीन प्रति आर्कशित थिएन । १९ औं सताब्दीमा अमेरिकाले चिनिया जातीको विारेधमा एउटा कानुनै अनुमोदन गरेका थिए । अर्को शब्दमा भन्ने हो भने चीतिया समाज र संस्कृती प्रति अमेरिका र यूरोपको कुनै खाश चासो थिएन । सत्तरीको दशकमा हेनरी किसिनजरले चीनको क्षमता र अवस्था प्रति अमेरिकी दिल दिमागमा साकारात्मक प्रभाव पार्न सफल भए । अमेरिकी राष्ट्रपति निक्सनले सोभियत रुसको वैक्लपिक शक्तिको खोजीमा थिए । चीनले हेनरी किसिनजर र राष्ट्रपति सनक्सनको सहयोग प्राप्त गरेर विकास र प्रगतिको पथमा अग्रसर भए । खास अर्थमा भन्ने हो भने अमेरिकी बजार र यूरोपेली प्रविधिले गर्दा ४० वर्षमा चीनले अभूतपूर्व प्रगति गर्यो । अर्थात् चीनले ८०० मिलियन चीनिया जनतालाई गरिवी रेखा मुनिबाट वाहिर ल्याउन सफल भयो । संसारको प्राचिन सभ्यता र संस्कृती भएका चिनिया समाज जीवनमा पहिलो पटक वैभव र समृद्धिको जीवन वॉच्न सर्मथ भए ।

सिंगापूर लिइ क्वान विश्व विद्यालयका प्राध्यापक डा.किशोर मेहवुवानीले आफ्ना बहुचर्चित कृती “हाज चाइन वन”मा चाइनाको प्रगतिका कारण अमेरीका र यूरोप मै हुन भने उद्घोष गरेका छन् । तर विस्तारै विस्तारै यूरोपेली यूनियन चीनिया नीतिवाट चिढिनको कारण चीनले हङ्ककनमा लिएको नीति पनि एक हो साथ साथै चीनले आफ्ना प्रविधि र व्यापारलाई आक्रमक रुपमा प्रयोग गरेर आफुसंग कारोवार भएका मुलुकहरूलाई “डेब्ट ट्रयाप”मा पार्न उदवेलित रहेको कारण पनि हो । यही कारणले गर्दा संसारमा “फाइव जी” का कारोवार गर्ने चाइनीज कम्पनी हुवाइ वेलायत, अमेरिका, क्यानाडा, भारत, अष्ट्रेलिया, जापान, इण्डोनेशिया लगायत धेरै सम्पन्न मुलुकहरूमा आफ्नो कारोवार गर्न वर्जित भएका छन् । अमरिका र भारतले “टिक टयाक” चिनिया पूविधीलाई आफ्ना मुलुकहरूमा बन्देज र निष्तेज गरेर चिनिया लगानी र प्रविधिलाई के संदेश दिएका छन् कि चीनले आउ‘ने दिनमा आफ्ना सामरीक र व्यापारीक नीतिमा परिर्वतन नल्याएको खण्डमा अमेरिका, यूरोपेली यूनियन र भारत लगायत क्वार्ड सम्वद्ध देशहरू अष्ट्रेलिया, जापान पनि चिनको साथ हुने छैन । यति मात्रै होइन कि आउने दिनमा चीनको व्यापारिक नीतिको विरोधमा आसियानका मुलूकहरू इण्डोनेशिया, मलेशीया, फिलिपिन्स पनि हुन सक्दछ । यसरी यूरोपेली यूनियन र भारतको सहकार्यले सामरीक रुपमा चीनलाई कस्तो प्रभाव पार्ला भन्ने विश्लेषणको विषय भएको छ ।

यूरोप रुसको लागि सबभन्दा ठुलो उर्जाको बजार हो । यूरोपको सामूद्रिक मार्ग र सामुद्रिक सुरक्षा रुसको अर्थतन्त्रका प्रमुख आधार स्तम्भवहरू हुन् अर्को तर्फ भारत रुसको सबभन्दा बढी हत्तियार खरीकर्ता मुलुक हो । यही आधारहरूले के दवाव सृजना गर्दछ कि रुस आफ्नो सामरिक र आर्थिक हितलाई परित्याग गरी पूर्ण रुपमा चीनको कित्तामा उभिन सक्दैन । मात्रै अमेरिकालाई दवाव सृजना गर्न चीनसंग कूटनीतिक मञ्चमा सहकार्य गर्ने छ । चीन अहिले पनि उच्च शिक्षाको केन्द्र भएको अवस्था छ । महाशक्ति हुन यो सबभन्दा महत्वपूर्ण खुडकिलो हो । विट्रेन महाशक्ति बन्न अक्सर्फोड र क्यामव्रिजमा भुइ टेकेका थिए भने अमेरिकाले हारर्वड जस्ता प्रतिष्ठित शैक्षिक संस्थानहरूलाई आफ्ना आधारशिला बनाएका थिए । चीन पनि यही वाटोमा छ । खास गरेर चिकित्साशास्त्रमा चीनले एउटा उ‘चाई हासिल गरिसकेको छ । भारतका मात्र ३०,००० भन्दा बढी विद्यार्थीहरू चीनमा अध्ययन गरिरहेको अवस्था छ । यूरोपमा विट्रेन, फ्रान्स र जर्मनीमा ख्याती प्राप्त शोध र अध्ययन संस्थानहरू छन् । भारत मध्यम वर्गीय समाज भएकोले गर्दा शिक्षामा उच्च लगानी गर्ने गर्दछन् । वर्तमान परिवेशमा भारत र यूरोपली यूनियन वीचको सम्झौताले यूरोपमा भारतीय विद्यार्थीहरूलाई उच्च प्राथमिक्ता दिने सहमतिले गर्दा चीन घेरावन्दीमा पर्ने सम्भावना देखिन्छ ।

यूरोपको पू‘जी र प्रविधि भारतमा आउ‘नासाथ भारतको जनसंख्यीक लाभांष, खुला समाज, प्रजातानन्त्रीक पद्धति, अंग्रेजी भाषी जनशक्ति, सूचना प्रविधीवाट प्रशिक्षित मानव संसाधन भएको समाजले कायापलट गर्न सक्दछ भने भारतका पूर्व राजदुत मोहन कुमारको भनाई रहेको छ । साथ साथै भारत र यूरोपेली यूनियनको सहकार्यले गर्दा सोलार इनर्जी, ब्ल्यू इकोनोमी, हरित क्रान्ति र उर्जाको क्षेत्रहरूमा व्यापक परिर्वतन हुने जवाहर लाल नेहरु विश्व विद्यालयभका प्राध्यापक डा. स्वर्ण सिंहको बुझाई रहेको देखिन्छ ।
यसरी भारत र यूरोपेली यूनियनको सहकार्यले आउ‘ने दिनमा विश्वमा एशियाको नेतृत्व हुन सक्दैन भने जानकारहरूको विष्लेशण देखिन्छ । भारत र चीनको समझदारी र सहकार्यले मात्रै विश्वको नेतृत्व एशियाले लिन सक्दछ जसको सहयात्री जापान र आसियान मुलुकहरू हुनेछ । तर सी पिङ नीतिले गर्दा चीनको विरोधमा प्रजातान्त्रिक शक्तिहरूको व्यापक गोलावन्दी रहेको देखिन्छ । भारत र यूरोपेली यूनियन यसका प्रतिनिधि उदाहरण हुन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम