Logo

सुनको मुल्य घट्यो, प्रतितोला १ लाख २ हजार ६ सय



काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।

आज छापावाल सुनको मुल्य १ लाख २ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आज चाँदीको मुल्यमा भने ५ रुपैयाँ प्रतितोला बढेर १४ सय १० रुपैयाँमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्