Logo

काठमाडौंमा एकैदिन ९२ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ९२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९२ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार ८ सय १५ जनाको पिसीआर परिक्षणमा ३ सय ८० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ३ सय ५३ रहेको छ ।
कठमाडौं उपत्यकामा थपिएका ९२ मध्ये काठमाडौंका ९० जना र ललितपुरका २ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्