Logo

ब्राउन सुगरसहित पक्राउ



काठमाडौं, २५ साउन । नियन्त्रित लागूऔषध र नगद सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रौतहटको चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडाका महम्मद मुर्तुजा सहित ३ जना नियन्त्रित लागूऔषध र नगद सहित पक्राउ परेका हुन् ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सवारी साधनहरुलाई जाँच गर्ने क्रममा ४ थान एकसय एमएलको अनरेक्स, १ बोतल पाँचसय एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ, २ बोतल दुईसय ५० एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रुपैयाँ, ४५ हजार भारतीय रुपैयाँ र १ दरका १६ थान अमेरिकी डलर बरामदसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै दाङको तुलसीपुर विराज बिकलाई करिब ७ सय १० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्