Logo

जुवाडे पक्राउ



रुपन्देही, २५ साउन । जुवातास खेलिरहेको अवस्थामा रवि थापा समेत १० जना नगदसहित पक्राउ परेका छन् । सिद्धार्थनगर अंचलपुरस्थित बिकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा रवि थापा समेत १० जनालाई नगद ७० हजार १ सय ११ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्थानमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्