Logo

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै माधव नेपालले भने- भारतसँग यसबारे औपचारिक रुपमा कुरा गर्नुपर्छ



काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरको बुद्धबारे अभिव्यक्तिलाई तथ्यहीन र आपत्तीजनक भनेका छन् । उनले अभिव्यक्तिलाई गलत र असंवेदनशील भन्दै यस्ता गतिविधिले दुई देशको सम्बन्धमा प्रतिकूल असर पर्नसक्ने समेत बताए ।

‘भारतीय विदेशमन्त्री एस. जयशंकरले लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ पूर्व प्रधानमन्त्री नेपालले आज सामाजिक सञ्जालमार्फत् भने, ‘बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् ।’ भारतका विदेशमन्त्री जयशंकरले हिजो भर्चुअल सेमिनारमा बुद्धलाई महान भारतीय भनेका थिए ।

नेपालले विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसदबाटै बुद्ध नेपालमा जन्मिएको विषय उल्लेख गरे । उनले यस्ता अभिव्यक्ति आउनु दुखद् भन्दै नेपाल सरकारलाई औपचारिक रुपमा भारतसँग कुरा गर्न अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्