Logo

बुद्धबारे परराष्ट्र बोल्यो-भारतका प्रधानमन्त्री मोदीले नै ‘नेपाल बुद्ध जन्मिएको देश’ भनिसक्नुभयो



काठमाडौं, २५ साउन । सरकारले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा सुस्थापित र अस्वीकार गर्न नसकिने भएको बताएको छ । आज परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गर्दै बुद्धको जन्मस्थानको विषय विवाद र बहसको विषय पनि नभएको स्पष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि मिडियाले सरकारको धारणाबारे जिज्ञासा राखेपछि परराष्ट्र मन्त्रालयले यसबारे आज स्पष्ट पारेको हो । परराष्ट्रले भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएको तथ्य ऐतिहासिक र पुरातात्विक प्रमाणहरुले स्थापित र अस्वीकार गर्न नसकिने यथार्थ हो ।’ बुद्धको जन्मस्थल नेपालको लुम्बिनी युनेस्कोको सम्पदाभित्र पर्ने समेत परराष्ट्रले उल्लेख गरेको छ ।

माधव नेपालले भने- भारतसँग यसबारे औपचारिक रुपमा कुरा गर्नुपर्छ

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैले नेपालको संसदमा नेपाल बुद्धको जन्मस्थान देश भनेको स्मरण गराएको छ । बुद्धिज्म नेपालबाट सँसारका विभिन्न भुभागमा विभिन्न समयमा फैलिएको समेत परराष्ट्रले भनेको छ । समस्त विश्वसमुदाय बुद्धको जन्मस्थानबारे जानकार रहेको जनाइएको छ ।

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता शर्माको आपत्ति

 



प्रतिक्रिया दिनुहोस्