Logo

जन्माष्टमीको महत्व



कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । जन्माष्टमी मुख्यत भगवान कृष्णको जन्म दिनसँगे जोडिएको छ । जुन दिन कृष्णको जन्म भएको थियो । शास्त्रअनुसार ५ हजार २४३ वर्ष पहिले भगवान कृष्णका जन्म मथुराको भूमिमा भएको थियो । श्रीकृष्ण भगवान विष्णुको आठौ अवतार हुन् । जसले धर्तिमा अधर्म र धर्म र अन्याय हटाउनको लागि अवतार लिएका थिए ।

श्रीकृष्णको सम्झनामा र उनको बालरुपलाई पुजा गर्नको लागि पावन जन्माष्टमी मनाउने गरिन्छ । भगवान कृष्णको विभिन्न देशहरुमा लाखौ भक्तहरुले यस चाडको उल्लास र उत्साहको साथ मानिसहरुले मनाउने गर्छन् । यस दिनमा स्त्री–पुरुष राती १२ बजेसम्म व्रत बस्ने गर्छन् । उक्त दिन मन्दिर सजाएर भगवान कृष्णको झुला झुलाउने गर्छन् ।

किन मनाइंन्छ कृष्णाष्टमी

जन्माष्टमी मनाउनुको पछाडि भगवान कृष्णको जन्म सबैभन्दा ठुलो कारण छ । द्धापर युगको अन्तिम समयमा जब पृथ्वीमा नराम्रा मानिसहरुले साम्राज्य बढाउन थालपछि  लुटपाट, हाहाकार, मानिसहरु एकआपसमा मर्न र मार्न लागेको देखेर भगवान विष्णुले मानिसको रुप लिने प्रण गरे । भगवान गीतामा भनिएको छ पृथ्वीमा धर्ममा माथि हानी हुन्छ तब भगवान मानव रुपमा अवतार लिएर धर्तिमा राक्षसबाट मुक्त गर्नको लागि आउछन् ।

एकपटक मथुरामा राजा कंसले राज गरे । उनले आफ्नो पितालाई जेलमा हालेर राजपाठ लिएका थिए । कंसको बहिनी देवकिको विवाह वासुदेवसँग हुँदै थियो । उक्त समयमा आकाशवाणी भयो । र आकाशवाणीमा देवकीको आठौ सन्तानले कंसको हत्या गर्नेछ । देवकिले जन्माएको सातौ सन्तानलाई कंसले हत्या गरेपनि आठौ सन्तानको रुपमा जन्मिएका कृष्णलाई भगवान विष्णुले नै गोकुल गाउँमा लैजान भने । वासुदेवले कृष्णलाई गोकुल पु¥याउदा यमुना नदी पार गर्नुप¥थ्यो ।

कृष्ण जन्माष्टमीको महत्व

जसरी अन्य चाडको महत्व छ त्यसरी नै जन्माष्टमीको पनि विशेष महत्व छ । भगवान कृष्णले आफ्नो महना वाणी गीतामा भनेका छन्, ‘जब पृथ्वमिा धर्मको हानी र राक्षसको गलत आदत बढ्छ तब म मानिसको रुप लिएर राक्षसको नास र धर्म पुर्नः स्थापनाको लागि म यस संसारमा अवतार लिइरहनेछु । ’

सनातन धर्ममा चार युग हुन्छन् र हरेक युगमा भगवान अवतार लिइरहन्छन्, कलियुगमा पनि भगवान कल्की अवतार धारण गरेर यस संसारमा दोस्रो पटक धर्म र कर्तव्यको पथमा अगाडी बढाउने छन् । यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा बृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतीक मानिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्इान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्