Logo

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजना को को (विवरणसहित)



काठमाडौं, २५ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये कास्कीका पुरुष र पर्साकी महिला छन् । उनीहरु दुवैको २४ साउनमा मृत्यु भएको हो ।

मृत्यु हुनेको विवरण
१. कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको २४ साउनमा मृत्यु । मधुमेहका विरामी । २५ साउनमा कोरोना संक्रमणबा मृत्यु पुष्टि
२. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ की २० वर्षीया महिलाको २४ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबा मृत्यु पुष्टि



प्रतिक्रिया दिनुहोस्