Logo

कोरोनाबाट थप एक महिलाको मृत्यु



काठमाडौं, साउन २६ । कोरोना भाइरसको संक्रमणबाट विरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचार गराउँदै आएकी वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको शनिबार राती कोरोनाले ज्यान लिएको हो ।

शनिबार राति उनको मृत्यु भएपछि आइतबार स्वाब निकालेर गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

मृतक महिला उच्च रक्तचाप र थाइराइडको विमारी रहेको र श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्