Logo

नेकपा फुट्न नदिन संगठित भएका ६१ सांसदमध्ये अधिकांश प्रचण्ड-माधव पक्षकै देखिएपछि…



काठमाडौं, २६ साउन । हिजो नेपाल कम्युनिस्ट पार्टीका ६१ सांसदहरुले पार्टी एकताको पक्षमा हस्ताक्षरसहित प्रतिवद्धता सार्वजनिक गरे । उनीहरुले नेकपाको संकट समाधानका लागि नेतृत्वलाई दबाब दिन र पार्टी एकता सुदृढ बढाउने भन्दै प्रतिवद्धता समेत सार्वजनिक गरेका हुन् । रोचक पक्ष यो छ कि तीन बुँदे प्रतिवद्धतामा हस्ताक्षरकर्तामा अधिकांश अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसद छन् ।

पहिलो नम्बरमा हस्ताक्षर गर्ने अमन लाल मोदी प्रचण्ड निकट हुन् भने अन्तिम नम्बरमा हस्ताक्षर गर्ने कृष्णलाल महर्जन माधव नेपालका विश्वासपात्र हुन् । झपटबहादुर रावल माधव पक्षकै हुन् । उनी भीम रावलका निकै नजिक मानिन्छन् । धर्मशीला चापागाईं प्रचण्ड निकट हुन् ।
हस्ताक्षरकर्ता सांसदहरुमध्ये नवराज सिलवाल पनि छन् । उनी ओली निकट मानिन्छन् । तर, सिलवाल पार्टी एकता पक्षधर सांसद हुन् ।

धर्मशीला चापागाईं प्रचण्ड निकट हुन् । रामकुमारी झाँक्री माधव नेपाल पक्षधर हुन् । उनी ओलीको खरो आलोचना गर्दै आएकी छिन् ।

नेकपाभित्र पार्टी एकताको पक्षमा हस्ताक्षर गर्नेमा अधिकांश प्रचण्ड र माधव नेपाल पक्षधर सांसद देखिएपछि ओली पक्ष झन् सतर्क भएको छ । उक्त पक्षले यसलाई ओलीविरुद्धको शक्तिप्रदर्शनको रुपमा लिएको बुझिएको छ । ओलीलाई प्रचण्डले सार्वजनिक रुपमै पार्टी विभाजन गर्न खोजेको आरोप लगाइसकेका छन् ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्