Logo

करको लोभमा लकडाउन खुकुलो बनाईयोः डा भोला रिजाल



काठमाडौं, साउन २६ । बरिष्ठ चिकित्सक डा भोला रिजालले सरकारले करको लोभमा लकडाउन खुकुलो बनाएको टिप्पणी गरेका छन् । अहिले लकडाउन लगाउनु पर्ने बेलामा झन खुकुलो बनाइको र लगाउनु नपर्ने बेलामा लगाईएको उनको भनाई छ ।

“करको कारणले लकडाउन खुलाएको हो की जस्लो लाग्यो, लकडाउन लगाउनु पर्नेमा खोलियो, नलगाउनु पर्नेमा लगाइयो, मैले यो कुरा पहिले देखिनै पटक पटक भन्दै आएको छु ।” उनले भने ।

डा रिजालले कोरोना नियन्त्रणका लागि सरकारले पर्याप्त प्रयास र बुद्धिमत्तापूर्ण निर्णयहरु गर्न नसकेको बताए । उनले कोरोना नियन्त्रण तथा व्यवस्थापनको जिम्मेबारीमा रहेका व्यक्तिहरुमा व्यवस्थापकीय क्षमता कमजोर देखिएको टिप्पणी गरे ।

बरिष्ठ चिकित्सक रिजालले कोरोना नियन्त्रणमा सरकारले नीजि क्षेत्रलाई दोष दिन नमिल्ने दावी गरे । कोभिड विषेश अस्पताल भनेर एउटालाई तोक्ने अनि अर्काले गरेनन् भनेर भन्न नमिल्ने उनको तर्क छ ।

“नीजिलाई क्षेत्रलाई कुनै जिम्मेबारी नै दिएको छैन, उनीहरुले के गर्ने भन्ने बारेमा स्पष्ट नै छैन, अनि कसरी उनीहरुलाई दोष दिन मिल्छ?” डा रिजालले प्रश्न गरे ।

सरकारी स्वास्थ्य सेवाले नपुगेपछि नीति क्षेत्रलाई प्रयोग गर्न भने कुनै बाधा नरहेको र नीजि अस्पतालहरु तयार नै रहनु पर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम