Logo

बन्चरो प्रहार गर्ने पक्राउ



मकवानपुर, २५ साउन । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा शंकर सिटौला पक्राउ परेका छन् । हेटौंडाका गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी आमा बुबालाई अपशब्द बोलेको भनीे गणेशलाई बन्चरो प्रहार गर्दा घाइते बनाएका सिटौलालाई प्रहरीले बन्चरो सहित पक्राउ गरेको जनाएको छ । घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्