Logo

काठमाडौं उपत्यकामा थप कडाई गरिदै



काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेसँगै थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको हो ।

मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढ्न नदिन कडाई गर्ने प्रस्तावको तयारी गरेको हो । आइतबार बसेको बैठकले स्थानिय तहको संयोजनमा नाकामा कडाई गर्ने , सार्वजनिक यातायात सन्चालनमा निगरानी राख्ने र क्वारेन्टिन निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

आज बस्ने बैठकमा कोणसभा, विरोध प्रदर्शन, बैठक र धेरै भिडभाड हुने स्थानमा पुर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गर्ने तयारी गरेको छ । काठमाडौं कोरोनाको केन्द्रनै बन्ने सम्भावना भएपछि मेयर फोरमले उपत्यकामा थप कडाई गर्ने तयारीमा लागेको हो ।



प्रतिक्रिया दिनुहोस्