Logo

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ



रौतहट, २५ साउन । लुटपाटमा संलग्न रहेको अभियोगमा राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । फतुवा बिजयपुरका नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा मौलापुरका राकेश राय यादब पक्राउ परेका हुन् ।

नबिन कुमारले फतुवा सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएका थिए ।

तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न राकेशलाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्