Logo

ट्रकभित्र बलात्कार गर्ने २ जना पक्राउ



काठमाडौं, २६ साउन । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । चितवन खैरेनी घर भएका रामशरण बिक र नुवाकोट विदुर घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्