Logo

काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ४४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४४ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार ४ सय ३२ जनाको पिसीआर परिक्षणमा ३ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ४ सय ९३ रहेको छ ।
कठमाडौं उपत्यकामा थपिएका ४४ मध्ये काठमाडौंका ३६ जना र ललितपुरका ४ जना र भक्तपुरका ४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्