Logo

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका चारजना को को (विवरणसहित)



काठमाडौं, २६ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७९ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये कास्कीका पुरुष र पर्साकी महिला छन् । उनीहरु मध्ये दुई जना २५ साउनमा र दुई जना २६ साउनमा मृत्यु भएको हो ।

मृत्यु हुनेको विवरण
१. बाके जिल्ला कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिलाको २५ साउनमा मृत्यु । उच्च रक्तचापको विरामी । २३ साउनमा कोरोना संक्रमण बाट मृत्यु पुष्टि
२. पर्सा जिल्ला बेबियर नगरपालिका १५ की ४५ वर्षीया महिलाको २५ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
३.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० मध्य बानेस्वर का ७६ वर्षिय पुरुष २६ साउनमा मृत्यु । मेडिकेयर अस्पतालमा मृत्यु ।
४.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ट्याङलाफाटका ६४ वर्षिय पुरुष २६ साउनमा मृत्यु । उच्च रक्तचाप र निमोनियाको बिरामी । मेडसीटी अस्पतालमा मृत्यु ।



प्रतिक्रिया दिनुहोस्